अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित


काठमाडौँ– नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ । एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  

निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । कुल खसेको ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाउनुभयो भने बिसीले १३२ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा मोहनसिं बडुवाल, सचिवमा डम्बर तिवारी, उप–सचिव खुलामा टिकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । 

सदस्यहरूको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।