अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियताको रक्षा र विकासको अगुवाई एमालेले गर्छ: विद्रोही गिरी

राष्ट्रियताको रक्षा र विकासको अगुवाई एमालेले गर्छ: विद्रोही गिरी


कावासोती-नेकपा एमाले युवा नेता एवं गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले राष्ट्रियताको रक्षा र विकासको अगुवाई गर्ने पार्टी नेकपा एमाले भएको बताउनु भएको छ।

हिजो कावासोतीको नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

एमाले निर्वाचनमा नवलपुरमा लोकप्रिय मतमा एक नम्बर पार्टी भएको हुँदा विकासको अपेक्षा पनि जनताको एमाले सँगै छ युवा नेता गिरीले भन्नुभयो, ‘जनतामा आधारभुत कुरा पुर्‍याउन एमाले पक्ति लाग्नुपर्ने छ।’

एमाले नेतृत्वमा पछाडि फर्केर होइन, अगाडि बढ्ने गरी लाग्नुपर्नेमा उहाँको जोड थियो। नवलपुरको विकासका मोडेल, सुशासनको पक्षमा दृढणका साथ अगाडि बढ्ने र अरु पार्टीहरुले समेत एमालेको नेतृत्व देखेर भरोसा गर्ने खालको काम जिल्ला र स्थानीय तहमा रहेको नेतृत्वले गर्ने बेला आएको उहाँले बताउनुभयो।

एमाले नवौं जिल्ला अधिबेशन मुल आयोजक कमिटिका संयोजक मुक्तिराम पाण्डेले अधिबेशन भब्य र सफल बनाउन सबै कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । समृद्द नवलपुर निर्माणमा नेकपा ( एमाले)को नेतृत्व आबश्यक भएको लोगोमा झल्किएको उहाँले बताउनुभयो ।

देवचुलीडाँडामा राष्ट्रिय झण्डा फरफराएको ,उदाउँदो सुर्य , एक सिङ्गे गैंडा, समथर फाँट, नारायणी नदी लगाएका जिल्लाका ऐतिहासिक पर्यटकीय स्थलहरुको विम्ब झल्कने गरि प्रचार प्रसार तथा प्रकाशन उपसमितिले लोगो तयार गरेको सह संयोग सागर पोखरेलले बताउनुभयो ।