अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन सुरू (फोटोफिचर)

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन सुरू (फोटोफिचर)


उदयपुर-नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन सुरू भएको छ।

त्रियुगा नगरपालिका-३, मोतिगडास्थि होटल इम्पाइर इनको हलमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशन सुरू भएको एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राईले जानकारी दिनुभयो।

अधिवेशनका उद्घाटनका लागि एमाले उएमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज बिहान गाइघाट आइपुग्नु भएको हो।

कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री महासेठ, एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्की, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ अतिथि हुनुहुन्छ।

१०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन्।