अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता


काठमाडौँ-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ ।  

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बिच शिष्टाचार भेट भएको हो। 

भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनबीच सदियौँदेखि रही आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो।

नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानुन तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गर्नुभयो।