अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन (नामसूची)

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन (नामसूची)


काठमाडौं-नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन परेको छ। नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ २२ मा दरखास्त मागेको थियो।

सोअनुसार १७ जनाले आवेदन दिएका हुन्।

सूचनामा प्रबन्ध निर्देशक पदका लागि  दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख थियो । त्यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थ शास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने योग्यताको मापदण्ड थियो। 

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिने हुनुपर्ने सूचनामा उल्लेख थियो ।

कसले दिए आवेदन?
विमल आचार्य
राजेश जोशी
अनन्तप्रकाश मल्लिक
संगीता पहाडी अर्याल
बुद्धिप्रसाद आचार्य
शालिकराम सुवेदी
रमेशप्रसाद जोशी 
कमल लामिछाने 
केदारनाथ कोइराला
नगेन्द्रकुमार दास
सुभाष शाह
लक्ष्मण महर्जन 
शालिकराम पराजुली
अनिलकुमार झा
कृष्णप्रसाद भण्डारी 
चिन्तामणि बराल
प्रेमप्रसाद सिलवाल