अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोनपेको नयाँ अभियान: १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक

फोनपेको नयाँ अभियान: १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक


काठमाडौं-फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान फोन ट्याग स्कुप एन्ड सेभको घोषणा गरेको छ।

यो अभियान आइतबारदेखि सुरू भएको हो। यसले कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउन लक्ष्य राखेको छ।

फोन ट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक, २ सय रुपैयाँसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।  यसका लागि ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 

कम्पनीका अनुसार यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।

यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, जसमा बूढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मॉल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मॉल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, बिरगञ्ज, विराटनगर, हेटौडा, र भाइसेपाटी समावेश छन्।