काठमाडौं-कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार श्री एयरलाइन्सका काउन्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोराछोरी) को लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा रु.५०० छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया