अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौंका नेताहरूले सभापति देउवालाई भेटर नदी किनारको जमिनको विषयमा ध्यानाकर्षण गराए

एमाले काठमाडौंका नेताहरूले सभापति देउवालाई भेटर नदी किनारको जमिनको विषयमा ध्यानाकर्षण गराए


काठमाडौं-नेकपा एमाले काठमाडौंका नेताहरूले मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

एमाले वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले देउवालाई उहाँकै निवास बुढानीलकण्ठमा भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराएको हो।

सो क्रममा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जानुभयो। उहाँले कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन पनि दिनुभयो।


टोलीमा भट्टराईसँगै नेकपा एमाले काठमाडौं जिल्ला ईञ्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत सहभागी हुनुहुन्थ्यो ।