काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताउनु भएको छ।
काठमाडौँमा बुधबार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको समुद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयत्न आवश्यक रहेको बताउनु भयो। उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्ने बताउनु भयो। मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनु भयो।
उहाँले नेपाली नागरिकहरु जहाँ बसे पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ।’
प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ।’
प्रतिक्रिया