अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुर्न भौतिकमन्त्री दाहालको निर्देशन 

चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुर्न भौतिकमन्त्री दाहालको निर्देशन 


काठमाडौं-दसैँ, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ।

चाडपर्वको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो।

आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरी सक्न निर्देशन दिनुभयो। जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिनु हुँदै उहाँले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गर्नु भयो।

सडक सुरक्षाको दिर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उहाँले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताउनुभयो । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु विच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिनुभयो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उहाँले जोड दिनुभयो।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा.पार्थमणि पराजुली, सरोकुमार प्रधान लगायतले सडक सुरक्षा परिषदलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक वोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरुले सडक सुरक्षाका लागि भई रहेका प्रयास र योजनाका बारेमा प्रकाश पारेका थिए ।