काठमाडौं-द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई धन्यवाद दिएका छन्।
आज पीडित सुरक्षाकर्मी परिवारहरूको संस्था द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका अध्यक्ष हेमकुमारी घर्तीको नेतृत्वमा पदाधिकारीहरूले टिआरसी विधेयक पास गराउन तथा विधेयकमा पीडितहरूको मागलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सिंहदरबारस्थित बर्तौलाको कार्यालयमै पुगेर धन्यवाद दिएका हुन्।
धन्यवाद दिँदै पीडित सुरक्षाकर्मी परिवारले सरकारले २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतापछि सरकारले दिने भनेको अन्तरिम राहत रकम रु.१० लाख रुपैयाँ मध्ये आफूहरूले रु.२ लाख ५० हजार रुपैयाँ मात्रै पाएको र रु.७ लाख ५० हजार रुपैयाँ पाउन बाँकी रहेको पनि ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया