अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी कार्यालयमा खाजा खाने सयम घटाएको प्रधानमन्त्री ओलीको घोषणा

सरकारी कार्यालयमा खाजा खाने सयम घटाएको प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा खाने समय घटाइएको घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिनुभएको हो।

प्रधानमन्त्री ओलीकाअनुसार अब सरकारी कार्यालयहरूमा खाजा समय एक घण्टाबाट घटाएर दैनिक १ः३० बजेदेखि २ बजेसम्म मात्र कायम गरिएको छ। प्रधानमन्त्री ओलीले यो निर्णय सेवाग्राहीहरूको हितलाई ध्यानमा राखेर गर्नुभएको हो।

‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ।’

प्रधानमन्त्री ओलीले यो नयाँ नियमको कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’

प्रधानमन्त्री ओलीको यो कदमलाई सरकारी सेवा प्रवाहमा सुधार ल्याउने प्रयासको रूपमा हेरिएको छ । यस नियमले सरकारी कर्मचारीहरूलाई थप अनुशासित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।