अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

प्रधानमन्त्री ओलीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण


काठमाडौँ-काठमाडौँ उपत्यकामा नदी आसपासमा २० मिटर छाड्नुपर्ने अदालतको आदेश र काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । 

आज उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो। सङ्घर्ष समितिका तर्फबाट सुमन सायमीको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर उक्त आदेश कार्यान्वयन भए उपत्यकाका लाखौँ मानिसहरू समस्यामा पर्ने भन्दै ध्यानाकर्षण गराएको हो।