जनकपुर-मिथिलाञ्चल क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार पवित्र जनकपुरधाम पुगेर छठीमाइको पूजाअर्चना गर्नुभएको छ।
उहाँले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका व्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्त्व र मैथिली सभ्यता यसको प्रभाव लगायतका विषयमा जानकारी लिनुभएको थियो । सोही क्रममा मन्त्री पाण्डेले प्रसिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गर्नु भएको थियो।
सो अवसरमा उपस्थित जनप्रतिनिधिलगायतका अगुवाहरूसँग जनपुरका धार्मिक महत्त्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गर्नुभएको थियो ।
साथै उहाँले जनकपुरस्थित विमानस्थलको स्तरोन्नति गरी भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गर्नुभएको थियो ।
मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गर्नुभएको थियो । विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झण्डोउत्तोलन समेत गर्नुका साथै विमानस्थलम निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठ घाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया