काठमाडौँ-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो।
समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिनुभयो। प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया