अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना


काठमाडौं – देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन,चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।