अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिँदै

रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिँदै


पाेखरा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई बिहानै बुटवल लान लागिएको हो। 

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्‍याएको छ। पोखरामा अहिले हुस्सु लागेकाले हवाई उडान केही ढिला भएको बताइएको छ। 

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो । 

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।