अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुवेतको महाबुल्ला फ्लाइओभरबाट सुर्खेतका एक युवकले हाम फालेर आत्महत्या

कुवेतको महाबुल्ला फ्लाइओभरबाट सुर्खेतका एक युवकले हाम फालेर आत्महत्या


काठमाडौं-कुवेतमा एक जना नेपाली युवकले आत्महत्या गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर-४ शिवनगरका ३३ वर्षीय हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर आत्महत्या गरेका हुन्।

फ्लाइओभरबाट लगाएका कपडा खोलेर उनी तल सडकमा हाम फालेका थिए। जसले गर्दा उनलाई गाडीले पनि किचेको बताइएको छ।

गौतम ८ दिनअघि मात्रै सवारी चालकको काम गर्न कुवेत पुगेका थिए । गौतमको मानसिक अवस्था ठीक नभएको बताइएको छ। उनी कुवेत पुगेकै दिनदेखि अस्वभाविक हर्कत देखाइरहेका उनीसँगैका साथीहरूले बताएका छन्।