काठमाडौं-एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न गरेको हो।
त्यसका लागि बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको माइ प्रोफाइल विकल्पमा ट्याब गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।
इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन हुन अनुरोध छ।







प्रतिक्रिया