अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा


काठमाडौँ-काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ। हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो।

वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ। यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । 

० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ। त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ।

काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ। काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।

वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव दिइएको छ। त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ।

विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावको गुणस्तर ४१२ एक्यूआई रहेको छ। यसलाई निकै खतरनाक मानिन्छ ।

त्यस्तै, दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको नयाँ दिल्ली र चौथो स्थानमा भारतकै कोलकाता रहेको छ । हेर्नुहोस् सूची :