अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्: एमाले महासचिव पाेखरेल

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्: एमाले महासचिव पाेखरेल


काठमाडाैँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिलाई अराजक र आपराधिक प्रवृत्तिको संज्ञा दिनुभएकाे हाे।

महासचिव पाेखरेलले आफ्नो धारणा सार्वजनिक गर्दै लेख्नभएकाे छ, ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।’

पार्टीको झण्डा तथा चुनाव चिन्ह जलाइएको घटनापछि उम्मेद्वार पोखरेलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको गतिविधि भएको उल्लेख गर्नुभएकाे छ । उहाँले जनतालाई संयमित रहन र लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता कार्यको जवाफ दिन आग्रह गर्नुभएकाे छ।

दाङ क्षेत्र नम्बर २ मा निर्वाचन प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको उक्त घटनाले स्थानीय राजनीतिक वातावरण तताएको छ। यस विषयमा अन्य दल तथा सरोकारवाला पक्षबाट पनि प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।