काठमाडौं-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा पार्टीको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ।
गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष महाराज गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनु भएको हो।
अध्यक्ष गुरुङले रास्वपालाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै यस्ता गतिविधि तत्काल नरोके देशव्यापी रुपमा प्रतिवादमा उत्रिने चेतावनी समेत दिनुभएको छ।
युवा संघले अराजकता, उद्दण्डता र आपराधिक गतिविधिलाई शसक्त प्रतिवाद गरेको विगत सम्झाउँदै झण्डा जलाउने घटना असह्य भएको अध्यक्ष गुरुङले बताउनुभयो। साथै, प्रतिवादका लागि तयार रहन पनि उहाँले मातहतका कमिटीलाई निर्देशन दिनुभएको छ।








प्रतिक्रिया