दमक-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदाता लाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगिरहेका छन्।
झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्र्तगतका २९ वटै वडामा नेकपा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घरघरमा पुगिरहेका छन्। नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार यो क्षेत्रभरीका प्रत्येक टोलका घरघरमा पार्टी अध्यक्षको पत्र लिएर जनतासँग पुगिरहेका छौ । निर्वाचन लक्षित घरदैलो अभियानमा जाँदा मतदातालाई सम्बोधन गरेको पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिवद्धता पत्र, र बिभिन्न जनवर्गिय संगठनका छुट्टा छृट्टै प्रतिवद्धता पत्र सहित टोल टोलमा पुग्ने गरिएको छ।

अध्यक्षको पत्रमा फागुन २१ गते नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनको रुपमा मानेर निर्वाचनमा सहभागि हुन आवह्रान गरिएको छ । यो पत्रमा मुुलुक यतिवेला गम्भिर संकटको अवस्थामा रहेको उल्लेख छ । त्यसैले एकतामा बाँधिएको हाम्रो समाजलाई एकै परिवारका बुबा आमा र छोराछोरी बीचमा सम्बन्ध नै बिभाजन गरिदै आएको छ । यसले अविभावक र सन्तान बीचको सम्बन्धमा संकट ल्याइदैछ । क्रमश परिवार कमजोर भएपछि समाज र देशमा नै कमजोर हुन्छ । यसले मुलुकमा नै एकताको संकट ल्याउछ । अध्यक्ष ज्युको पत्रमा यस क्षेत्रका सबै मतदातामा राष्ट्रिय निर्माणका लागि नेकपा एमालेलाई मतदातन गर्न आवह्रान गरिएको छ । पार्टी अध्यक्षको पत्र लिएर जनताको घरघरमा एमालेको समुहगत रुपमा पुगिरहेको छ ।
यस अन्र्तगत दमक नगरपालिकाको वाड्न ६ र ७ मा दोश्रो चरणको घरदैलो कार्यक्रम समेत हिजोबाट सम्पन्न गरिएको छ । बाँकी अन्य वडामा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ । दमक नपाका बाँकी ८ वटौ वडाका बिभिन्न टोल टोलमा घरदैलो अभियानको रुपमा चलिरहेको जनाइएको छ । सबै टोलमा घरदैलो गर्दा स्थानीय भूगोलमा रहेका केन्द्रिय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका सबै पदाधिकारी, सदस्य, सल्हाकार, तथा शुभचिन्तकहरु समेत सहभागि भएर घरदैलो अभियान गरिदै आएको छ ।
यसरी नै सोही निर्वाचन क्षेत्र अन्र्तगत कमल गाउँपालिकाको वाड्न ५ को सिम्ले क्षेत्रमा रहेको नेकपा एमालेका कमल गाउँकमिटी अध्यक्ष हरि ढकालले जानकारी दिनुभयो । त्यसै गर वाड्न १ को ब्यक्तीगत भेटघाट, चलिरहेको छ । वाडनं २ को देवी चौन र ज्योतिनगर क्षेत्रमा भेटघाट सम्पन्न भएको छ । फाल्गुनन्द, शान्ति र संगम टोलमा सहुगत घरदैलो कार्यक्रम गरिएको छ । वडनं ६ को मैनाखता र मंगलवारेमा सम्पन्न भएको छ । यसरी नननै वाड्न ७ को बाह्रघरे र झर्का एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
त्यसरी नै गौरादह नगरपालिका अन्र्तगत सबै वडामा आज दिनैभरी बिभिन्न टोलमा भघरदैलो सम्पन्न भएको गौरादह नगर कमिटीको निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले जानकारी दिनु्भयो । पार्टीको क्षेत्रीय योजना अनुसार नै सबै वडाका सबै टोलमा भूगोल अनुसार घर घर पुगेर दैलो कार्यक्रम अघि बढिरहेको छ ।
त्यसरी नै गौरीगञ्जका पनि सबै वडामा घरदैलो कार्यक्रम समुहगत रुपमा नै चलिरहेको जनाएइको छ । सबै वडामा निर्वाचन लक्षित घरदैलो अभियान अन्तिम चरण पुगेको छ । अव पार्टीले अर्को चरणमा ल्याउने योजना अनुसार पार्टी संगठन परिचालन गरिने योजना रहेको जनाइएको छ ।






प्रतिक्रिया