अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा तोकिएका ठाउँमा खटिदै एमालेका सवै नेता तथा कार्यकर्ता

झापामा तोकिएका ठाउँमा खटिदै एमालेका सवै नेता तथा कार्यकर्ता

यो बेला
0
Shares

दमक-आगामी प्रतिनिधी सभाको चुनावका लागि नेकपा एमालेले झापाका सवै नेताहरुलाई आ–आफ्नै स्थानमा खटाएको छ । सवै तहका नेता तथा कार्यकर्ताहरुलाई चुनाव केन्द्रित अभियानमा आ–आफ्नै क्षेत्र र भुगोलमा परिचालन गरिएको एमालेले जनाएको हो ।

प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आफ्ना सवै नेता कार्यकर्ताहरु चुनावी अभियानमा खटाएको छ । आज दमकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले जिल्ला सचिव तुलसी कार्कीले जिम्मेवारी तोकिएका नेताहरु तोकिएको स्थानमा र अन्य कार्यकर्ताहरु आफ्नै वडामा केन्द्रित भएको बताउनुभयाे ।

उनले समग्र चुनावी कामको परिचालन क्षेत्रिय तहबाट भई रहेको र जिल्ला कमिटीले संयोजनको काम गरि रहेको जानकारी दिनुभयाे । क्षेत्रका पाँचै निर्वाचन क्षेत्रमा एमालेको बलियो संगठन र जनाधार रहेको कार्कीको भनाई छ ।

पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको क्षेत्र नं. ५ मा समेत सवै वडा र टोल तह सम्म संगठन र निर्वाचन केन्द्रित समितिहरु परिचालित भएको कार्कीले बताउनुभयाे ।

एमाले केन्द्रिय सदस्य एवम् आगामी निर्वाचनका लागि झापा क्षेत्र नं. ५ गठित प्रचार समितिका संयोजक ईन्द्र भण्डारीले क्षेत्रका सवै वडा र टोलमा निर्वाचन परिचालन समिति मार्फत नेता कार्यकर्ताहरु परिचालित भएको बताउनुभयाे ।

पार्टी तथा अध्यक्ष ओलीको पहलमा भएका विकास निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा राखेको अडान लगायतका विषयमा मतदाताहरुलाई बुझाउने काम भई रहेको उनले जानकारी दिनुभयाे।

झापाका सवै निर्वाचन क्षेत्रमा बिजय हाँसिल गर्ने गरि एमाले परिचालित भएको नेताहरुले जनाएका छन् । एमालेले झापाको निर्वाचन क्षेत्र नं. १ मा रामचन्द्र उप्रेती, क्षेत्र नं. २ मा पूर्वसभामुख देवराज घिमिरे, क्षेत्र नं. ३ मा हरि राजवंशी, क्षेत्र नंं ४ मा एलपी साँवा र क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीलाई उम्मेद्वार बनाएको छ ।