अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका शहीद परिवारलाई ललितपु महानगरको आर्थिक सहयोग

जेनजी आन्दोलनका शहीद परिवारलाई ललितपु महानगरको आर्थिक सहयोग


ललितपुर-ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् ।  

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताउनुभयाे । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राखेर जेनजीले २०८२ भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।