अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन: उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ

कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन: उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सो कुरा बताउनुभएको हो। नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उहाँले बताउनुभयो। ‘नेपाली कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन,´ उपाध्यक्ष गुरुङले भन्नुभयो’,  ‘कांग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त ,विचार र दर्शनमा कुनै फेरबदल भएको छैन। त्यसैले काँग्रेस यथा अवस्थामै छ।’

उपाध्यक्ष गुरुङले जनताले अनुहार नयाँ नखोजेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘चुनावमा हामी लागिसकेका छौँ तर बजारमा नयाँ भन्ने हल्ला चलिरहेको छ। नयाँ भनेको अनुहारमा कि विचारमा कि के हो ? जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन्। परिष्कृत भिजन र नीतिसहित अघि बढेका पार्टी र नेता खोजेका छन्।’

लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उहाँको भनाइ छ। `केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्´ गुरुङले भन्नुभयो `उनीहरु एजेन्डा बिहिन हुन्। त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन्।´

निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताउनुभयो।

उपाध्यक्ष गुरुङले रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन शाहले दुई जनता जनतालाई फेस गर्न नसक्ने बताउनुभयाे। उहाँले सामाजिक सञ्जालबाट अहिले भ्रम छर्ने प्रयास भइरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई आग्रह गर्नुभयो।