बैतडी । बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।
राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेकाे खबर कान्तिपुर दैनिकमा छ ।
हत्यारालाई छिटो पत्ता लगाएर कडा कारवाही गर्नुपर्छ, भागरथीकी आमा दुरा भट्टले भनिन्, ‘बुधवार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव विहिवार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् ।’
प्रतिक्रिया