अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

निर्वाचनका लागि सबै तयार हुनुपर्छ : सुवास नेम्वाङ

निर्वाचनका लागि सबै तयार हुनुपर्छ : सुवास नेम्वाङ


इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ ।

इलाम सदरमुकाममा बिहीबार आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो,’ नेता नेम्वाङले भन्नुभयो, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उहाँको थियो ।