काठमाडौं- ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले ‘नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१’ अवार्डको आयोजना गर्ने भएको हो ।
१४ चैतमा काठमाडौंमा अवार्ड आयोजना गरिन लागेको हो । अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले जानकारी दिनुभयो ।
लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, मोडल समावेश हुनुहुन्छ । फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका हुनुहुन्छ । यस्तै, सबै विधा अन्तर्गत नवगायक, नवगायिका, नवमोडल रहनुभएको छ ।
प्राविधिकतर्फ सबै विधाअन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्तर्गत गीत, संगीतकार, गायक, गायिका, मोडल हरनुभएको छ ।
समारोहमा दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एकजना श्रष्टालाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिनेछ ।
प्रतिक्रिया