अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथी हत्या प्रकरण : फेरियो आरोपितको बयान, बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरण : फेरियो आरोपितको बयान, बलात्कारपछि हत्या गरेको स्वीकार


बैतडी- भागरथी भट्टका हत्या आरोपित दिनेश भट्टले आफूले नै भागरथीलाई बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

दिनेशका बुबा दीपकराज भट्ट, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सरकारी वकिल राखेर गरिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् ।

छोराले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दिनेशका बुुबा दिपकराजले जानकारी दिनुभयो । यसअघि दिनेशले हत्या मात्रै गरेको बताउँदै आएका थिए ।

दिनेशलाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार गरिएको बयानमा दिनेशले भागरथीको घडी घटनास्थलमै रहेको बताएपछि प्रहरी खोज्दा घटनास्थल नजिकै भेटिएको छ ।