काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया