अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजसेवी मित्रसेन दाहालको निधन

समाजसेवी मित्रसेन दाहालको निधन


काठमाडौं- समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उहाँको ५८ वर्षको उमेरमा निधन भएको हो ।

कपनस्थित निवासमा बिहान स्वास्थ्यमा समस्या आएपछि उहाँलाई उपचाराका लागि ओम अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा बिहान ९ बजे निधन भएको पूर्वसांसद रामहरि खतिवडाले दिनुुभयो ।

दुवै मिर्गौला प्रत्यारोपण गरेपछि उहाँले ज्येष्ठ नागरिकका लागि लप्से फेदीमा मैत्री आश्रम निर्माण गरेर आफ्नो जीवनको उत्तरार्धमा समाज सेवाको क्षेत्रमा नयाँ र अनुकरणीय कार्य गर्नुभएको थियो । त्यहाँ सुविधा सम्पन्न आश्रम निर्माण गरिएको छ र ६० वर्ष उमेर पुुगेका ज्येष्ठ नागरिकले बस्न पाउने व्यवस्था छ । स्वर्गीय दाहाल त्यसको प्रमुख व्यक्ति हुुनुुहुुन्थ्यो ।

दाहाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा पनि संलग्न हुनुहुुन्थ्यो । २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा उहाँ ओखलढुंगाको एक नम्बर क्षेत्रबाट उम्मेदवार बन्नुु भएको थियो । उहाँका श्रीमती, दुुई छोरा र एक छोरी हुनुहुुन्छ ।