अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वैदेशिक रोजगारीमा कार्यरत नेपालीलाई कोरोनाको खोप निःशुल्क

वैदेशिक रोजगारीमा कार्यरत नेपालीलाई कोरोनाको खोप निःशुल्क


काठमाडौं- वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा कार्यरत नेपाली कामदारलाई रोजगारदाता देशले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन थालेपछि आप्रवासी श्रमिक आपूर्ति गर्दै आएका रोजगारदाता देशले निःशुल्क खोप लगाउने घोषण गर्न थालेका छन् । यसको फाइदा वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारहरुले पनि लिन पाउँनेछन् ।

वैदेशिक रोजगारीमा नेपाली कामदार जाने प्राय सबै देशले कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने घोषण गरेका छन् । हाल भारतबाहेकका वैदेशिक रोजगारीमा करिब ४२ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ ।

दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत सबै विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ ।

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले गत सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्धको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने जानकारी दिएका छन् ।