अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको प्रश्न : तपाइले प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ?

उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको प्रश्न : तपाइले प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ?


विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखले पदको दुरुपयोग गरेको टिप्पणी गर्नुभएको छ । संस्थापन नेकपाले शनिबार विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले उपराष्ट्रपति र सभामुखले पदको दुरुपयोग गरेका बताउनुभएको हो ।

‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘म उहाँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो भन्न मिल्छ ?’

साथै, उहाँले सभामुख सरकारसँग झगडिया बनेको टिप्पणीसमेत गर्नु भएको छ ।

संवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्धा हाल्नुभएको कुरालाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँ सरकारविरुद्ध मुद्दा हाल्न कुद्नु भएको छ । सरकार विरोधी झगडया हो सभामुख ।’