काठमाडौं- नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ८ सय रुर्पैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन ८८ हजार २ सय र तेजाबी सुन ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय ३० रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
गत साताभरि चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो।
प्रतिक्रिया