अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अष्ट्रेलियासँगको पहिलो टी-२० मा न्यूजिल्याण्डको शानदार जित

अष्ट्रेलियासँगको पहिलो टी-२० मा न्यूजिल्याण्डको शानदार जित


काठमाडौं- न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो म्याचमा अष्ट्रेलिया ५३ रनले पराजित भएको छ । न्यूजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि मिचेल मार्शले ४५, एश्टन अगरले २३, झय रिचडर्सनले ११, एडम जम्पाले अविजित १३, केन रिचडर्सनले पाँच, मार्कस स्टोइनिसले आठ, जोश फिलिपले दुई, कप्तान आरोन फिन्च, ग्लेन म्याक्सेवल, डानियल साम्सले एक/एक रन बनाउनुभयो ।

बलिङमा इश सोढीले चार, ट्रेन्ट बोल्ट, टिम साउथीले दुई/दुई, काइल जेमिसन र मिचेल सान्टनरले एक/एक विकेट लिनुभयो ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि डेभन कोनवेले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ५९ बलमा तीन छक्का १० चौकाको मद्दतमा अविजित ९९ रनको योगदान दिनुभयो ।

त्यस्तै, ग्लेन फिल्सिसले ३०, जिमी नीशमले २६ र केन विलियम्सनले १२ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा डानियल साम्स, झय रिचडर्सनले दुईरदुई र मार्कस स्टोइनिसले एक विकेट लिनुभयो । यो जितसँगै पाँच खेलको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो टी-२० बिहीबार हुनेछ ।