अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पुलको शिलापत्र तोडफोड गर्नेलाई सरकारले नभेटे युवा संघले प्रहरीलाई बुझाउँछ : महेश बस्नेत

पुलको शिलापत्र तोडफोड गर्नेलाई सरकारले नभेटे युवा संघले प्रहरीलाई बुझाउँछ : महेश बस्नेत


काठमाडौं- संस्थापन नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले दाङमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको शिलापत्र तोडफोड गर्नेलाई पक्राउ गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले पुलको शिलापत्र फोडेर क्रान्तिकारी देखिन खोज्नेलाई युवा संघले सरकारले पक्रन नसके युवासंघले भेटेर प्रहरीलाई बुझाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुलको शिलापत्र फोरेर त्यो क्रान्तिकारी देखिन खोज्ने अपराधीलाई सरकारले भेटेन भने युवा संघले भेटेर प्रहरीलाई बुझाउने छ ।’

नेता बस्नेतले बौद्धिक अराजकतालाई प्रतिवाद गर्न साइबर सेनालाई सशक्त बनाइनेसमेत बताउनुभयो ।