काठमाडौं- नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका ४ कम्पनीहरुबीच सम्झौता भएको हो ।
नेपालका आइडिया कन्सल्टिङ प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया