काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाउनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गुरुङको स्थानमा प्रधानमन्त्रीले विशाल भट्टराईलाई नियुक्त गर्नुभएको हो ।
अहिले विभाजित जस्तो देखिएको नेकपाको संसदीय दललाई एकतावद्ध बनाउने मेरो पहिलो प्रयास हुनेछ
नियुक्त हुनु भएलगतै प्रमुख सचेतक भट्टराईले आजैबाट संसदीय दलको काम सुरु गरेको बताउनुभएको छ । उहाँले संसदीय दलका नेताको निर्देशनअनुसार काम गर्ने, दलको कामलाई प्रभावकारी बनाउने र संसदीय दललाई एकतावद्ध बनाउन आफ्नो प्रयास रहने बताउनुभएको छ । ‘अहिले विभाजित जस्तो देखिएको नेकपाको संसदीय दललाई एकतावद्ध बनाउने मेरो पहिलो प्रयास हुनेछ,’ भट्टराईले नेपाली बहससँग भन्नुभयो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिनु भएको छ ।
खोटाङबाट दुई पटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
प्रतिक्रिया