काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल)ले आफ्ना स्वकीय अधिकृत विरु तामाङलाई हटाउनुभएको छ ।
गृहमन्त्रालय सचिवालय स्रोतका अनुसार तामाङले बादलको सचिवालयमा बसेर प्रचण्ड-माधव समूहसँग बार्गेनिङ गरिरहेका कारण उहाँलाई हटाइएको हो ।
नेकपा विभाजित भएपछि गृहमन्त्री थापा संस्थापन नेकपामै रहेपछि सचिवालयका केही सदस्य प्रचण्ड-माधव समूहतिर गएपछि तामाङ स्वकीय अधिकृतमा नियुक्त हुनु भएको थियो ।
प्रतिक्रिया