झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभएको छ ।
झापाको कमल गाउँपालिका-७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन-नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै उहाँले यस्तो चुनौती दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्नेसमेत बताउनुभयो ।
उहाँले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । हाल मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उहाँले घोषणा गर्नुभयो ।
नेपाललाई गरिब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
प्रतिक्रिया