अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीको स्थायी ठेगाना कहिले पोखरा, कहिले स्याङ्जा !

प्रधानमन्त्रीको स्थायी ठेगाना कहिले पोखरा, कहिले स्याङ्जा !


पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गण्डकी प्रदेशमा बिताएका क्षण सम्झनुभएको छ ।

पोखरामा गण्डकी प्रदेश प्रशिक्षण केन्द्रको भवन शिलान्यास कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले गण्डकीका विभिन्न स्थानमा बिताएका दिनहरू सम्झनुभएको हो । ‘कतिपयलाई थाहा नहुन सक्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘मलाई त्यतिबेलाको शासकले कहिले स्याङ्जा, कहिले पोखरा स्थायी ठेगाना भनेर पक्राउ पूर्जी जारी गर्ने गरेको थियो ।’

प्रधानमन्त्रीले आफूले तीन वर्ष गण्डकी प्रदेशमा बिताएको उल्लेख गर्नुभयो । ‘मैले पोखरामा जेलमा रहँदा पनि पोखराको चित्र बनाएको थिएँ, अध्ययन गरेर कहाँ फेवाताल पर्छ, कहाँ पीएन क्याम्पस पर्छ मैले चित्रमा उतारेको थिएँ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले गण्डकीलाई शिक्षाको केन्द्रकारुपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।