सरकार र विप्लव समूहबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता । तस्बिर सौजन्यः राजन भट्टराई
———-
काठमाडौं–सरकार र विप्लव समूहबीचको पहिलो दिनको वार्ता सकिएको छ ।
बुधबार बिहान भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको वार्ता टोली सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेको वार्ता टोली गठन गरेको थियो ।
प्रतिक्रिया