नेकपा (माले)का महासचिव, झापा आन्दोलनका एक प्रमुख नेता सीपी मैनाली गतवर्ष सडक दुर्घटनामा परेपछि सक्रिय जीवनमा देखिनु भएको छैन । स्वास्थ्य विस्तारै बिस्तारै अनुकुल हुँदै गरेकोले सडकसम्म अलिअलि हिड्न थाल्नुभएको छ । कुनै बेलाको नेपाली राजनीतिका एक रहस्यमयी पात्र, नख्खु जेलमा ७० फुट लामो सुरुङ खनेर भाग्न सफल नेता मैनाली प्रधानमन्त्री केपी शर्मा ओलीका समकालिन हुनुहुन्छ । अहिले निर्णायक राजनीतिमा नरहेपनि कुनै बेलाका आफ्ना सहकर्मीहरुका राजनीतिक खेल उहाँले हेरिरहनु भएको छ । यसैक्रममा अहिलेको राजनीतिक परिदृष्यको गर्भ, यसको रिमोट र सतहमा देखिएका पात्रहरुको भूमिकाका विषयमा नेपाली बहसले मैनालीसँग कुरा गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश उहाँ कै शब्दमा–
…
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले संसद विघटन गर्नुभएको थियो । अदालतले संसद पुनर्स्थापना गरिदियो । पुनर्स्थापना गरेपनि माधव–प्रचण्डहरु नै हैरान छन् । परेशान छन् । तर केपी ओलीको अडान डगमगाएको देख्दिन । प्रधानमन्त्रीले राजीनामा दिन्न भन्नुभएको छ । उहाँले प्रष्टै भन्नुभएको छ– यो मेरो राजनीतिक मुद्दा हो । ‘एभ्रिथिङ इन राइट लभ एण्ड वार’ भनिन्छ । हारजीत भइरहन्छ । तर, म राजनीतिक मुद्दामा लडिरहेको छु भन्ने प्रधानमन्त्रीको आशय देखिन्छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले किन भोट हाल्छ ?
प्रधानमन्त्रीले संसदमा अविश्वास ल्याउ भन्नुभएको छ । प्रचण्ड-माधवलाई केपी ओलीका विरुद्ध संसदमा अविश्वास ल्याउन पनि अफ्ठेरो छ । अस्ती पुस ५ गते उहाँहरुले तयार गरेको अविश्वासको प्रस्तावमा प्रचण्डले आफूलाई भावी प्रधानमन्त्री राख्नुभएको छ । त्यो अघि बढ्यो भने निश्चय नै परास्त भइहाल्छ । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन भोट हाल्छ ? कांग्रेसको भोट नआइकन त्यो सफल पनि हुँदैन ।
प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा प्रचण्ड माधव त्यहाँ जानुहुन्छ कि जानु हुँदैन ? उहाँहरुले त केपी ओलीलाई पार्टी सदस्यबाट पनि निश्कासन गर्नुभएको छ । केपी ओलीको बहुमत हुने वित्तिकै कसैले पनि अविश्वासको प्रस्ताव ल्याउने आँट गर्न सक्दैनन् । नेकपाको कोही सांसदले पार्टी ह्विप मानेन र फ्लोर क्रस गर्छ भने संसदीय दलको नेता, पार्टी अध्यक्षले तिनीहरुलाई कारबाही गर्छन् । प्रधानमन्त्रीले सांसदबाटै निलम्बन गर्न सकनुहुन्छ । प्रचण्ड-माधवहरुले बहुमत पुर्याउनुभयो भने कुरा बेग्लै हो । तर सिनारियोले त्यो कुरा देखाएको छैन ।
अहिले पार्टी पनि कानुनी रुपमा फूटेको छैन । दुवै पक्षले नेकपाबाट अलग्गिन खोजेका छैनन् । दुवै पक्ष अहिले बहुमत पुर्याउने रणनीतिमा छन् । दुवै पक्ष एकै ठाउँ रहने स्थिति पनि देख्दिन म । यो विदेशी वादसँग सम्बन्धित छ । केपी ओली पक्षले प्रचण्ड–माधवलाई यिनीहरु भारतका भरपर्दा एजेण्ट हुन् भनेको छ । केपीलाई उनीहरु सत्ताका लागि जे पनि गर्ने भन्छन् । केपी ओली कहिलेकाँही घामछाँया जस्तो लाग्छ । तर उनीहरुचाँही लम्पसारवादी नै हुन् जस्तो लाग्छ ।
पार्टी फूटाउने अध्यादेश ल्याएर गठबन्धन सरकार बनोस् नेपालमा भन्ने भारतको चाहना थियो होला तर केपीले भारतको त्यो चाहनाको बर्खिलापमा संसद विघटन गरेर चुनावमा गइदिनुभयो । यो उनीहरुको चाहनाको खिलापमा थियो । इन्डिया र पश्चिमा मिलेर संसद पुनर्स्थापना गराइ छोडे । आफ्टर डिसोलुसन इण्डिया वज नट ह्यापी विथ केपी ओली भन्ने बुझ्न सकिन्छ ।
अहिले पार्टी फूटेको छैन तर दुवैले सुप्रिमेसी खोजेका छन् । संसदीय दलको नेता केपी ओली हुन् । उनले बैठक बोलाउँछन् । यस बेला माधव प्रचण्डहरुलाई अप्ठेरो पर्दछ । उनीहरुले बहुमत पुर्याए भने पनि केपी ओलीलाई अप्ठेरो त पर्ला । यस्तो अवस्थामा सहजै प्रतिपक्षमा बसेर आफ्नो एजेण्डा जनतामा लैजानुहुन्छ ओलीले । उनीहरुले अविश्वासको प्रस्ताव नै ल्याए भने पनि त्यो डिफ्यूज हुनसक्छ । यस्तो अवस्थामा घुम्दै फिर्दै ‘अर्ली इलेक्सन’मा जानु पर्ने हुनसक्छ । हिजो मध्यावधिको कुरा थियो अब अर्ली इलेक्सनको कुरा हुनसक्छ । अब हेर्दै जाउँ तमासा हो । के हुन्छ ।
प्रधानमन्त्रीको प्रस्ताव मानेको भए के बिग्रन्थ्यो प्रचण्डलाई ?
पुस ४ गते प्रचण्डकहाँ गएर प्रधानमन्त्रीले अन्तिम सम्झौताको प्रयास गरे । प्रधानमन्त्रीको त्यो प्रयासमा जब प्रचण्ड सहमत भएनन्, त्यसपछि प्रधानमन्त्रीको यो स्टेप आयो । त्यसबेला प्रचण्डको १९ पन्ने प्रतिवेदन र केपी ओलीको ३८ पन्ने प्रतिवेदन फिर्ता भएको भए राम्रो हुने थियो । भदौ २६ गतेको सहमति अनुसार केपी ओली चुनावसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने बरु सांगठनिक महाधिवेशन तीन महिनामै गर्ने । प्रधानमन्त्रीको यो प्रस्ताव मानेको भए के बिग्रन्थ्यो प्रचण्डलाई ? महाधिवेशन भएपछि एउटा पद त छोड्नु पथ्र्यो केपी ओलीले । केपीलाई पाँचै वर्ष प्रधानमन्त्री हुन नदिने इण्डियाको दाउ हो । किनभने केपी ओलीले नाकाबन्दीको सामनामात्रै गर्नुभएन, भारतलाई झुकाउनुभयो । लिपुलेक सहितको नक्सा पनि छाप्नुभयो । इण्डियाले नेपालको ३१० वर्गकिलोमिटर कब्जा गरेर टोटल नेपालाई कब्जा गर्ने उसको लक्ष्य हुनसक्छ । इण्डियाको लक्ष्य मै चोट पर्यो नि नक्सा छापेपछि । जसरी सन् १९३१ मा जापानले चीनका चारवटा प्रान्त कब्जा गरेर मन्चुको खडा ग¥यो, त्यस्तो मन्चुको खडा गर्नेलाई चीनले जापानलाई कोलोनाइज खडा गर्ने हस्तक्षेप जालो भनेर बुझ्यो । त्यस्तै हाम्रो यो ४ सय वर्गमिटर कब्जा गर्नु जापानले मन्चुको खडा गरे जस्तो त होइन ? मैले नक्सा छाप्ने वित्तिकै भनेको थिएँ । भारतीय नीतिको विरुद्धमा नयाँ स्तरको लडाइँ सुरु भयो । भारतचाँही नेपाल विरोधी अभियानमा नयाँ स्तरमा पुग्यो ।
सन् १९६२ पछि भारतकै सुरक्षाका निम्ति नेपाली भूमीमा जबरजस्ती बसेको फौज कसैले हटाउन नसकेको बाहेक वैधानिक तर्क छैनन् भारतसँग । उसले नेपाललाई जबरजस्त कोलोनाइज गर्ने सुरुवात त होइन नि । यस्तो अवस्थामा केपीलाई विरोध नगर्ने हो भने झन् झन् अगाडि बढ्ने स्थिति आउँछ । २००७, २०४६ र ०६३ सालको आन्दोलनमा भारत र पश्चिमाको हस्तक्षेप बढ्दै गयो । जनतालाई अधिकार दिने नाममा राज्य कमजोर बन्दै गयो । ४ सय वर्गमिटरको कब्जा जुन थियो त्यसमा अवरोध भएको महसुुस गर्यो भारतले ।
पार्टी भित्रको माहोल, जनताको दबाब आदि कारणले २०७७ सालको नीति तथा कार्यक्रममा लिपुलेक सहितको नक्सा प्रकाशन गर्ने प्रतिवद्धता सरकारले गर्यो । जे जसरी नक्सा छापे पनि भारत र विश्वको नजरमा देखिने त केपी ओली नै हो ।
पार्टी भित्रको माहोल, जनताको दबाब आदि कारणले २०७७ सालको नीति तथा कार्यक्रममा लिपुलेक सहितको नक्सा प्रकाशन गर्ने प्रतिवद्धता सरकारले गर्यो । जे जसरी नक्सा छापे पनि भारत र विश्वको नजरमा देखिने त केपी ओली नै हो । नक्सा छापेपछि प्रधानमन्त्रीले त्यसमा कमजोरी देखाउनुभयो । अपनत्व ग्रहण गरेर छाप्ने कामलाई हजार प्रतिशत ग्रहण गर्नुभयो । यस्तो अवस्था आएपछि केपी ओलीलाई हटाउनै परो । अब प्रचण्ड–माधवहरुलाई लगेर विस्तारै बिस्तारै यसलाई पृष्ठभागमा ठेल्ने इण्डियाको डिजाइन हो । केपी रहुन्जेल त्यो पृष्ठ भागमा नजाने पर्यो । वार्ताको कुरा उठिरहने भयो । पृष्ठभागमै ठेल्नका लागि प्रचण्डकै भाषामा भारतका निम्ति कम्फर्टेबल सरकार चाहिएको थियो । त्यो कम्फर्टाबिलीटी दिनका लागि आएका हुन् भने त कसले कसलाई हटाउन लागेको हो भन्ने त स्पष्ट भयो नि त । यो सबै नेपालीले बझे नि यो कुरा त । केपी ओलीले शक्ति आफूमा केन्द्रित गर्न खोजेको भए पनि इण्डियाको र साम्रज्यवादीको स्वार्थको बंगारा भाँचिदिएकोले गर्दा खेरी केपी ओलीलाई हटाउने प्रयास भएको हो । केपीले पनि यो कुरा बुझ्नुभएको छ । मलाई भारतले हटाउन खोजेको हो । यहाँकाले हटाउन खोजेको होइन भन्ने कुरा केपीले पनि बुझेकोले यो राजनीतिक लडाइँ हो भनेका छन् । पार्टी फूटाउने अध्यादेश ल्याएर गठबन्धन सरकार बनोस् नेपालमा भन्ने भारतको चाहना थियो होला तर केपीले भारतको त्यो चाहनाको बर्खिलापमा संसद विघटन गरेर चुनावमा गइदिए । यो उनीहरुको चाहनाको खिलापमा थियो । इण्डिया र पश्चिमा मिलेर संसद पुनस्र्थापना गराइ छोडे । आफ्टर डिसोलुसन इण्डिया वज नट ह्यापी विथ केपी ओली भन्ने बुझ्न सकिन्छ ।
परराष्ट्र मन्त्री भारतमा जाँदा प्रधानमन्त्री मोदीलाई भेट्न दिइएन । प्रदीप ज्ञवाली एउटा पार्टीको नेता मात्र नभएर सार्वभौम नेपालको परराष्ट्र मन्त्री हुन् । मोदीले किन भेटेनन् त भन्दा ‘मोदी वज नट ह्यापी अफ्ट्र टेकन स्टेप वाइ केपी ओली’ । त्यही कुरा जनाउँछ यसले । नेकपाको झगडामा दुईटैलाई उचाल्ने इण्डिया नै हो फेरि । इन्डियाका राजनीतिक शक्ति, सन्त महन्त, मिडिया लागेर हटाउन खोज्दा केपी ओलीले एउटै स्टेटमेन्टले उनीहरुलाई थला बसाइदिनुभयो । वैशाखमा विदेशीको लोलीमा नेपाली नेताहरुको बोलीले मलाई हटाउन खोज्दैछ भनेर भन्दिनुभयो केपीले । त्यसपछि इण्डिया ब्याक हुन बाध्य भयो । त्यसपछि इण्डियाले भित्रै पस्ने, झगडा गराइदिने, मित्र भएर पस्ने, थुम्बाहरुलाई जुधाइदिने र टाउको फुटाइदिने । त्यो नीति लियो इण्डियाले । त्यही योजना अन्तर्गत एस.के. गोयल आएका हुन् । प्रधानमन्त्रीसँग भेटेका हुन् । यसैलाई पनि इस्यू बनाए प्रचण्ड–माधवले । त्यो राय सल्लाहले नै इस्यु बनाएर प्रचार गरेको हो । त्यसपछि थुम्बा लडाइँ लागेको हो नेकपामा । केपीको जिरहले गर्दा उनी लडिरहेकै छन् । यसलाई साथ दिनु पर्दछ । विदेशी अपमान, विदेशी हस्क्षेपका विरुद्ध लडिरहेकै छन् । बाहिरी शक्ति केपीसँग लडेको हो । सारा खेल त इन्डियाले गरेको हो । त्यही नक्सा छापेकोमा । त्यही नाकाबन्दीसँग लडेकोमा । भारतका कम्फर्टेबल नेताहरु अहिले हतियार बनेका छन् । त्यो त उनीहरुले नै कमिट गरेको कुरा हो नि त । ‘केपी ओली इज नट कम्फर्टेबल टु इण्डिया एण्ड दोज हु आर कम्फर्टेबल आर प्रचण्ड एण्ड माधव नेपाल एज वेल एज झलनाथ खनाल’ । यिनीहरु कम्फर्टेबल भए नि त । यो त उनीहरुले नै भने नि त । को भारतको कम्फर्टेबल छ को विरोधी छ भन्ने कुरा त उनीहरुले कहे नि त । केपी ओली जब विदेशी हस्तक्षेपको विरुद्धमा छन् भने उनले राजीनामा दिनु हुँदैन भन्ने मेरो पनि मान्यता छ । जे जति वैधानिक बाटा छन् ती सबै अपनाएर लड्नु नै अहिले केपी ओलीको धर्म हो । ‘हि ह्याज टु फाइट एण्ड गिभिङ ग्रेट फाइट कम्फर्टेबल यूजर अफ इण्डिया’ ।
(नेकपा मालेका महासचिव सीपी मैनालीसँग नेपाली बहस डटकमका लागि चेतन अधिकारीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया