काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको अवलोकन गर्नुभएको छ । उहाँले बुधबार दिउँसो चिडियाखानामा पुगेर जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्नुभएको हो ।
साथै, प्रधानमन्त्री ओली चिडियाखानामा मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत प्रधानमन्त्री चढ्नुभएको थियो । अवलोकनका क्रममा उहाँले हात्तीलाई खानासमेत खुवाउनुभएको थियो ।
प्रतिक्रिया