काठमाडौं- संस्थापन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।
बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताउनुभयो ।
उनका अनुसार प्रचण्ड-नेपाल पक्ष समूहका सांसदलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया