अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारको नेतृत्व गर्न हतार छैन : सभापति देउवा

सरकारको नेतृत्व गर्न हतार छैन : सभापति देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको बताउनु भएको छ ।

विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरूपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस ।’

महामन्त्री डा. शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरभन्दा पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न अस्पताललाई आग्रह गर्नुभयो ।