काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नारावाजी गरेको छ । प्रचण्ड-नेपाल समूहका सांसद्ले बहिष्कार गरेलगत्तै कांग्रेस सांसद्ले नारावाजी गरेका हुन् ।
कांग्रेस सांसदले नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
प्रतिक्रिया