काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले बोलाउनुभएको संसदीय दलको बैठक सकिएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको बैठकमा मन्त्री, सांसदलगायतको सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने बताउनुभएको छ ।
सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वमै नेकपालाई मान्यता दिएपछि नेपाली राजनीतिमा तरंगा आएको छ ।
सर्वोच्चको सो फैसलाले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।
प्रतिक्रिया