अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको पहिलो बैठकबारे प्रधानमन्त्रीको प्रतिक्रिया- ‘गजबको सेटिङ देखियो’

प्रतिनिधि सभाको पहिलो बैठकबारे प्रधानमन्त्रीको प्रतिक्रिया- ‘गजबको सेटिङ देखियो’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको पहिलो बैठक ‘सेटिङ’मा चलेको आशंका गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्स्थापनापछि आफूले दुर्दिन देखेको स्मरण गर्नुभयो । ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो,’ प्रधानमन्त्रीको संक्षिप्त प्रतिक्रिया थियो, ‘गजबको सेटिङ ।’

प्रधानमन्त्री ओलीले आफूले निरन्तर मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धतामा अडिग रहेको उल्लेख गर्नुभयो । ‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो,’ उहाँले भन्नुभयो,’ तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’

प्रधानमन्त्रीले पहिलो बैठमा सांसदहरूको भाषा र प्रस्तुतिबारे भन्नुभयो, ‘उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’